
धनगढी ५ पुस मंगलबार बिहान कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित जुगेडामा गोली चलेको छ ।
मंगलबार बिहान करीब २ बजेर ४५ मिनेट तिर स्थानीय प्रजापति विष्टको घरमा भारतबाट आएको समूहले गोली चलाएको कैलालीका एसपी सोमेन्द्र सिंह राठौरले बतायका छन। उक्त समुहले गाडीको ब्याट्री चोर्न खोजे र स्थानीयले प्रतिकार गरे पछी उनीहरुले गोली चलाएर भागेको स्थानियले बताएका छन्।
उनीहरुले चार राउण्ड गोली प्रहार गरेको र दुई राउण्ड पड्किएको भेटिएको प्रहरीले बतायको छ । भने–‘घटनाबारे अनुसन्धान भइरहेको छ।