
काठमाण्डु,५ पुस– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान गठबन्धनलाई एक ढिक्का राखेर अघि बढ्नुपर्ने बताएका छन । उनले चुनावमा जाँदा गठबन्धन बनाएर मत मागेकाले सरकार बनाउने बेलामा अन्य विकल्पबारे सोच्न नहुने बताएका छन ।
आज (मंगलबार) कांग्रेस संस्थापन इतरको बैठकमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने , ‘नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनको जे परिणाम आए पनि गठबन्धनलाई सबल बनाएर अघि बढ्नुपर्छ ।
जनताले जुन विश्वासले गठबन्धनलाई मत दिएका छन्, त्यसलाई दायाँबायाँ हुन नदिई अघि बढ्नुपर्छ । जनताको माझमा जाँदा एउटा गठबन्धन प्रस्ताव गरेको हुँदा सरकार बनाउँदा अन्त कतै नअलमलिईकन प्रधानमन्त्री, राष्ट्रपति जस्ता पदमा साझा सहमति गरेर अघि बढ्नुपर्छ ।’