ढुङ्गाखानी पहिरोमा मृत्यु भएका पीडित परिवारद्धारा बाटो बन्द

काठमाण्डु टुडे २०७१ असार ३१ गते ८:०० मा प्रकाशित

ललितपुर, ३१ असार – स्थानीय लेले गाविसको माहादेव खोलास्थित युनाइटेड ढुङ्गाखानीमा गत आइतबार गएको पहिरोमा परी मृत्यु भएका पीडित परिवारले विभिन्न माग राखी लेले–टीकाभैरव बाटो बन्द गराएका छन् ।

बाटो बन्दका कारण दक्षिण ललितपुरमा चल्ने सवारी साधन बीचबाटोमै रोकिनु पर्दा यात्रु अलपत्र परेका छन् ।

यसैबीच, जिल्ला कृषि कार्यालय ललितपुर र जिल्ला वन कार्यालयको संयुक्त आयोजनामा भारदेउ र गोटीखेलमा कृषिसम्बन्धी अनुगमन टोली बीचबाटोबाटै फर्किएको छ ।

सो टोली अनुगमन कार्यका लागि चापागाउँ, बडिखेल, गोदावरी, विशङ्खु नारायण लागेको जिल्ला कृषि कार्यालय योजना अधिकृत हरि पण्डितले बताए ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ थपलिया, जिल्ला वन अधिकृत अजितकुमार कर्णलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us