नारायणगढ–मुग्लिन सडक खण्ड आजबाट दैनिक ४ देखि ५ घण्टा बन्द

काठमाण्डु टुडे २०७९ पुष ५ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, ५ पुस– नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चारदेखि पाँच घण्टा बन्द हुने भएको छ ।

सडकखण्डअन्तर्गत विभिन्न ६ स्थानमा पुल निर्माणको काम हुन लागेकाले सडक बन्द गर्न लागिएको आयोजना निर्माण पक्षले जनाएको छ ।

उक्त खण्डमा १५ पुल निर्माण गर्नुपर्ने भए पनि हालसम्म ९ वटाको निर्माणकार्य सकिएको छ । आयोजनाको नारायणगढ–मुग्लिन खण्डका प्रमुख किरण कार्कीका अनुसार आजबाट एक महिनासम्म बिहान ११ बजेदेखि ३ वा ४ बजेसम्म सडकमा दुवैतर्फ आवतजावत बन्द गरिन लागिएको बताए ।

पुल निर्माणका लागि पहरो काट्नु भएकाले त्यसो गर्नुपरेको उनको भनाइ थियो । जिल्ला प्रशासन कार्यालय चितवनले सो समयमा राजधानीबाट बाहिरिने तथा भित्रिने सवारी साधनलाई वैकल्पिक राजमार्ग प्रष्योग गर्न भनेको छ ।

यस्तै अत्यावश्यक सेवाका एम्बुलेन्स, शवबाहन तथा सुरक्षाकर्मीका सवारी साधन भने अनुकूलता हेरेर चल्न दिइने आयोजनाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us