
काठमाण्डु,४ पुस– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भावी राष्ट्रपतिमा आफ्नो सशक्त दाबी रहने बताएका छन् ।
सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीबाट आफ्नो राष्ट्रपतिमा दाबी रहने बताएका छन । राष्ट्रपति राष्ट्रको अभिभावक भएको बताउँदै उनले राष्ट्रपति राजनीतिक इतिहास र पृष्ठभूमि भएको व्यक्तिलाई बनाउनुपर्ने बताएका छन ।
सत्ता गठबन्धनमा समझदारी बनाउँदा एकीकृत समाजवादीको राष्ट्रपतिको दाबी रहन्छ । पार्टीको तर्फबाट उनको दाबी रहेने बताएका छन । एकीकृत समाजवादीले प्रधानमन्त्री र सभामुख दाबी नगरेकाले राष्ट्रपति पाउनुपर्ने भन्दै लागेको हो ।
विगतदेखि सत्ता गठबन्धनमा भावी राष्ट्रपतिको रुपमा खनालको चर्चा हुँदै आएको थियो । त्यस्तै पार्टीको संसदीय दलको बैठकमा समेत अध्यक्ष माधवकुमार नेपालले पार्टीको तर्फबाट राष्ट्रपतिको दाबी रहने ब्रिफिङ गरेका छन् ।