लागुऔषध मुद्दाका फरार भएका एकजना प्रतिवादी पक्राउ

काठमाण्डु टुडे २०७९ पुष ४ गते १२:४६ मा प्रकाशित

काठमाण्डु,४ पुस– प्रहरीले लागुऔषध मुद्दाका फरार एकजना प्रतिवादीलाई रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भएका नारायण बस्याल रहेका छन । २०७४ भदौ २१ मा उच्च अदालत तुलसीपुर दाङले बस्याललाई ५ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।

२०७२ भदौ ७ मा बस्याल २ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । जिल्ला अदालतबाट १० हजार जरिवाना तिरेर छुटेका बस्यालविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन गरेको थियो ।

उच्च अदालतको फैसलापछि बस्याल विदेशमा लुकेर बसेका थिए । नेपाल फर्केको सुराक पाएपछि इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर जगन्नाथ मरासिनी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us