
काठमाण्डु,४ पुस– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु प्रधानमन्त्रीका लागि सवै विषयमा दाउमा राख्ने पक्षमा नरहेको बताएका छन ।
आज (सोमबार) चितवनमामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । प्रचण्डले राष्ट्रपतिले सरकार गठनका लागि सात दिनको समय दिएकाले सोही समयावधिभित्र गठबन्धनबाट प्रधानमन्त्री चयन हुने भन्दै कसको नेतृत्वमा सरकार गठन गर्ने भन्नेबारे गठबन्धनमा छलफल चलिराखेको बताएका छन ।
उनले भने, हामी गठबन्धनमा छलफल गर्छौ र टुंग्याउछौ । अहिले नै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लागेको छैन’, ‘मैले प्रधानमन्त्रीका लागि आकांक्षा राख्नु स्वभाविक हो तर बाहिर भनेजस्तो दावी भनेर औपचारिक रुपमा गठबन्धनको बैठकमा गरेको छैन ।’
अध्यक्ष प्रचण्डडले माओवादीले एमालेसँग सरकार बनाउने भन्ने चर्चा सत्य नभएको पनि बताए । स्वभाविक रुपमा सवैसँग छलफल चलिरखेका छ ।
तर म प्रधानमन्त्रीका लागि सवै चिज दाउमा राख्दिनँ’, अध्यक्ष प्रचण्डले यसअघि धेरै नेताहरुलाई आफुले प्रधानमन्त्री बनाउन भुमिका खेलेको पनि स्मरण गराए ।
उनले एमालेसँग माओवादीको कुराकानी हुनु स्वभाविक भएको भन्दै अरुको पनि कुराकानी भइरहेको बताए । ‘यो स्वभाविक हो, कांग्रेस–एमालेको पनि कुरा भइरहेको छ ।
कुरा हुनेवित्तिकै टुंगोमा पुगेको भन्ने होइन’अध्यक्ष प्रचण्डको भनाइ छ । प्रचण्डले एमाले माओवादी पार्टी एकताका लागि बाहिर आएजसरी औपचारिक छलफल र कुराकानी पनि नभएको बताएका छन ।
उनले राष्ट्रपति गैरदलीय व्यक्ति हुननसक्ने भन्दै केही बुद्धिजीवीहरुले त्यस्तो व्यक्ति हुदाँ राम्रो हुने भनेर भनेपनि अहिले त्यो सम्भावना नरहेको र दलबाटै राष्ट्रपति चयन हुने बताए ।