
काठमाण्डु,२६ मंसिर– निर्वाचन आयोगले आज सोमबारबाट निर्वाचन आचारसंहिता नरहने जानकारी दिएको छ । ४ मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि लागू गरिएको निर्वाचन आचारसंहिता सोमबारबाट नरहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन ।
४ मंसिरमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगबाट जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ आज मंसिर २६ गतेदेखि लागू नरहने निर्णय भएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनका अनुसार यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायहरूमा गराइएको छ ।