निर्वाचन आचारसंहिता भोलिदेखि खारेज हुने

काठमाण्डु टुडे २०७९ मंसिर २५ गते १७:३७ मा प्रकाशित

काठमाण्डु,२५ मंसिर– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता भोली देखि लागू नरहने निर्णय गरेको छ । आयोगका अनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज हुनेछ ।

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us