मोटरसाइकलसहित पुलबाट खसेर युवकको मृत्यु

काठमाण्डु टुडे २०७९ मंसिर २५ गते ९:३८ मा प्रकाशित

दाङ, २६ मंसिर– दाङको घोराही उपमहानगरपालिका–२ स्थित बालिमखोला पुलबाट मोटरसाइकलसहित खसेका युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३२ वर्षीय यादव चौधरी रहेको प्रहरीले जनाएको छ । दाङ प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चौधरी गएराति मोटरसाइकलसहित पुलबाट खसेको बताए । तर, बिहान उज्यालो भएपछि मात्र स्थानीयले मोटरसाइकल खसेको देखेपछि प्रहरीमा खबर गरेका थिए ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us