
काठमाण्डु,२० मंसिर– हुम्लामा प्रेमिका भेट्न पुगेका रुकुम पूर्व घर भएका एक जना युवक बेपत्ता भएका छन् । रुकुम पूर्व पुथा उत्तरगंगा–६ घर भएर हुम्ला गएका संसार घर्तिमगर मङ्सिर ८ बाट बेपत्ता भएका हुन् ।
उनलाई पारेको आरोपमा प्रहरीले दाङ घर भएकी एक जना युवतीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना पुरुष छन् । पक्राउ परेकी युवती र घर्तिमगर प्रेमी–प्रेमीका रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
हुम्लामा जागिर सुरु गरेकी प्रेमीकालाई भेट्न उनी हुम्ला गएका हुन् । प्रेमिकासँग विवाद भएपछि आएको दुई जना केटाहरूले उनलाई कुटपिट गरेको पीडितका परिवारले दाबी बताएका छन ।
घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।