विवाहको भोज खाएका ३५ जना जन्ती बिरामी

काठमाण्डु टुडे २०७९ मंसिर २० गते ११:०० मा प्रकाशित

काठमाण्डु,२० मंसिर– प्युठान नगरपालिका–६ माझकोटमा विवाहको भोज खाएका ३५ जना जन्ती बिरामी परेका छन् ।

पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले बताएका छन ।

शुक्रबार जन्ती गएर घर फर्किएका उनीहरुमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पुर्याएको छ ।

प्युठान नगरपालिकाका मेयर देवेन्द्र बर्माका अनुसार बिरामीहरुलाई चार ओटा एम्बुलेन्सबाट प्युठान अस्पतालमा लगीएको थियो । प्युठान प्रहरीका प्रवक्ता मगरका अनुसार बिरामी परेकाहरु सबैको अवस्था सामान्य छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us