
काठमाण्डु,१६ मंसिर– भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ मिलरोडमा आफ्नै घरको छतबाट खसेर एकजनाको युवकको मूत्यु भएको छ । मूत्यु हुनेमा १७ वर्षीय छोरा भुमिनलाल श्रेष्ठ रहेका छन ।
मिलरोडमा रहेको भुवन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तलाबाट खसेर उनको मूत्यु भएको हो । घरबाट खसेर छिमेकीको घर कम्पाउन्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए ।
घाइतेपछि उपचारका लागि नजिकैको नागरिक अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।