
काठमाण्डु,१५ मंसिर– सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा काठमाण्डु बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।
काठमाण्डु महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आन्दोलन उत्रिएका हुन ।
महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु बेठीक भएको व्यवसायीहरुले बताएका छन । सडक किनारमा पार्किङ गर्न नपाए आफूहरु व्यवसाय छाड्ने अवस्था आउने उनीहरुको भनाइ छ ।