सुनसरी–४ मा कांग्रेस नेता एवं सञ्चारमन्त्री कार्की विजयी

काठमाण्डु टुडे २०७९ मंसिर १५ गते १२:०७ मा प्रकाशित

काठमाण्डु,१५ मंसिर– सुनसरी–४ बाट प्रतिनिधिमा कांग्रेसका नेता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई ११२ मतको अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।

कार्की २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us