
काठमाण्डु,१५ मंसिर– एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको जनादेशले मुलुकलाई स्थिरता नदिने बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाण्डुमा आयोजित कार्यक्रममा बेल्दै पौडेलले यस्तो बताएका हुन ।
पौडेलले यो जनादेशले स्थिर सरकार पनि दिन नसक्ने बताएका छन । उनले भने, ‘यसपटकको जनादेशले स्थिर सरकार बन्दैन, यो मुलुकका लागि दुर्भाग्य पूर्ण छ ।’
यसको प्रभाव अर्थतन्त्रमा समेत पर्ने उनको भनाइ छ । उनले नयाँ संविधान बनेपछि आएका सरकारले अर्थतन्त्रमा गरेका काममा विश्लेषण गर्न समेत प्रस्ताव गरे ।
आफ्नो पार्टीले गरेको कमजोरीको जिम्मा आफूले लिने भन्दै उनले अर्थतन्त्रमा गम्भीर सङ्कट रहेकोले समाधानका लागि सामूहिक निष्कर्षमा पुग्नुपर्ने बताएका छन ।