पूर्वी नवलपरासीमा लगभग ३१ हजार मत बदर

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते १५:२० मा प्रकाशित

काठमाण्डु्,१४ मंसिर– ४ मंसिरमा सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पूर्वी नवलपरासीमा प्रत्यक्ष र समानुपातिक गरेर ३० हजार नौ सय २५ मत बदर भएको छ ।

पूर्वी नवलपरासीमा–१ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८६ हजार छ सय ७० मत खसेकामा चार हजार एक सय तीन मत बदर भएको छ भने प्रदेशसभा (क) मा कूल खसेको मत ४१ हजार चार सय एकमध्ये एकहजार सात सय ४४ मत बदर हुँदा प्रदेश सभा (ख) मा एक हजार सात सय ७७ मत बदर भएको छ ।

पूर्वी नवलपरासीमा–२ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८५ हजार ८८ मत खसेकामा तीन हजार चार सय ६२ मत बदर भएका छन् ।

प्रदेशसभातर्फ (क) मा कूल खसेको मत ४२ हजार पाँच सय ९० मध्ये एक हजार तीन सय ३६ मत बदर हुँदा प्रदेश सभा (ख )मा एक हजार दुई सय १४ मत बदर भएको छ ।

यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभा–१ मा ८७ हजार चार सय ९१ मत खसेकामा तीन हजार सात सय ८५ मत बदर भएको छ भने क्षेत्र नं २ मा ८३ हजार छ सय ८६ मत खसेकामा तीन हजार चार सय २१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले बताए ।

त्यसैगरी समानुपातीक प्रदेशसभातर्फ पूर्वी नवलपरासीमा–१ को (क) मा कूल खसेको मत ४१ हजार दुई सय ३१ मा तीन हजार एक सय ६४ मत बदर भएका छन् भने पूर्वी नवलपरासीमा–१ (ख) मा कूल खसेको मत ४५ हजार एक सय चारमा तीन हजार दुई सय १९ मत बदर भएको छ ।

पूर्वी नवलपरासीमा– २ (क) मा कूल खसेको मत ४२ हजार तीन सय ९७ मा एक हजार नौ सय ७८ मत र पूर्वी नवलपरासीमा–२ को (ख) मा कूल खसेको मत ४२ हजार छ सय २८ मा एक हजार सात सय २२ मत बदर भएको प्रमुख भुसालले जानकारी दिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us