३५ दिनभित्र अनधिकृत संरचना हटाउन उपत्यका विकास प्राधिकरणको निर्देशन

काठमाण्डु टुडे २०७९ मंसिर १४ गते ९:५८ मा प्रकाशित

काठमाण्डु १४ मंसिर -काठमाण्डु उपत्यका विकास प्राधिकरणले सरकारी र ऐलानी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हरु ३५ दिनभित्र हटाउन भनेको छ ।

प्राधिकरणले आज सूचना जारी गरेर सरकारी तथा पर्ति, ऐलानी र खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन उक्त सुचनामा बतायको छ।

यस्ता संरचना ३५ दिनभित्र आफैं नहटाए प्राधिकरणले नै हटटाउने र हटाउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल गर्ने बतायको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us