
काठमाण्डू १४ जेठ– पर्साको रामभौरीमा जंगली हात्तीको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला मनहरी गाउँपालिका–२ का ६१ वर्षीय श्याम बहादुर भुलन रहेको जिल्ला प्रहरी कार्यलय पर्साले जानकारी दिएको छ ।
पटेर्वासुगौली गाउँपालिका–१ रामभौरी नजिकैको सितलपुर जंगलमा कुरिलो खन्न गएका तीन जनामध्ये एक जनाको हात्तीको आक्रमणमा परि मृत्यु भएको प्रहरीले जनााएको छ ।
९ जेठका दिन साँझ ७ बजेतिर कुरिलो खन्न जंगल गएका मकवानपुरको मनहरीकै ६० वर्षीय भक्तबहादुर आले र ५१ वर्षीय श्रवण भुलनले भागेर ज्यान जोगाएका थिए ।
घटनाबारे प्रहरीले हिजो सोमबारमात्रै सुचना प्रप्त गरेको थियो । सूचनापछि घटनास्थलको मुचुल्का उठाइ मृतक भुलनको शव पोष्टमार्टमका लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइ थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।