पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

काठमाण्डु टुडे २०८२ जेठ १४ गते ११:४८ मा प्रकाशित

काठमाण्डू १४ जेठ– मकवानपुरमा पौडी देल्ने क्रममा खोलामा डुबेर किशोरको मृत्यु भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटेमा पौडी खेल्ने क्रममा काठमाण्डू महाननगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका निजलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकीमा ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us