
काठमाण्डु,१३ मंसिर– नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयरका रूपमा वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आफ्ना लगानीकर्तालाई हाल कायम चुक्ता पुँजीको १०.५३ प्रतिशतले लाभांश घोषणा गरेको हो । यस्तै, ७.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको बैठकलमा निर्णय भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय आगामी वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि वितरण हुने छ ।