
त्रिपोली, २९ असार – उत्तरी अफ्रिकी राष्ट्र लिबियामा त्यहाको सशस्त्र विद्रोही समूहले विगतका तीन वर्षदेखि आफ्नो नियन्त्रणमा लिएको त्रिपोली विमानस्थल अन्ततः छाड्ने भएका छन् ।
लिबियाको राजधानी त्रिपोलीबाट अन्तर्र्रािष्ट्रय आबागमन गर्ने प्रमुख हवाई केन्द्र त्रिपोली विमानस्थललाई गत तीनवर्षदेखि सशस्त्र विद्रोहीले कब्जामा लिएका थिए ।
लिबियाको वलिष्ठ सशस्त्र विद्रोही समूह दिर लिबिया बटालियानका प्रवक्ता अहमद हादियाले सरकारसँग भएको युद्धविराम सम्झौता बमोजिम आगामी २४ घन्टाभित्र लिबिया अन्तर्राष्ट्रिय विमानस्थल सरकारी सुरक्षाबललाई सुम्पने कुरा बताएका छन् ।
स्थानीय टेलिभिजन प्रशारण अल नबाले पुष्टी गरे अनुसार त्रिपोली नै अर्को विमानस्थल मितिगालाई विद्रोहीले लिबियाली गत शनिबार हस्तारन्तरण गरिसकेको छ ।
मितिगा विमानस्थल हस्तारन्तरण एक छोटो समारोहकाबीच गरिएको अल नबाले जनाएको थियो । लिबियाको पश्चिमी नगर जिन्तानमा अखाडा जमाएका सशस्त्र विद्रोही समूहले सन् २०११ देखि उक्त दुवै विमानस्थल कब्जामा लिएका थिए ।
यही विद्रोही समूहले तत्कालीन क्रुर राष्ट्रपति मुअम्मर गद्दाफीलाई अपदस्थ गरी सत्ताबाट हटाएको थियो ।
समाचार स्रोतका अनुसार विद्रोही समूहले अब बन्ने सरकारप्रति अधिकतम लचकता देखाउन थालेको छ । गत महिना त्यहाँ संसदीय निर्वाचन सम्पन्न भएको थियो । यस निर्वाचनको औपचारिक परिमाण घोषणा भोलि सोमबार २० जुलाईका दिन हुँदै छ ।
त्यसपछि बन्न गइरहेको सरकारसँग सद्भाव कायम राख्ने सङ्केत स्वरुप उक्त दुई विमानस्थल आफ्नु कब्जाबाट छाडी सरकारलाइ सुम्पेको जनाइएको छ । सिन्ह्वा