
भक्तपुर, ५ मंसिर– भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ मा मतगणना जारी छ ।
प्रारम्भिक मतगणनामा कांग्रेसका दुर्लभ थापाले अग्रगता लिएका छन् । थापा २ हजार २ सय ३० मतसहित अगाडि छन् ।
उनलाई एमालेका महेश बस्नेतले १ हजार ६ सय ३२ मतसहित पछ्याइरहेका छन् । यस्तै राप्रपाका मोहन केसीले १ सय २३ मत पाएका छन् ।