सुनचाँदीको मूल्यमा भारी वृद्धि

काठमाण्डु टुडे २०७९ कार्तिक २५ गते ११:५१ मा प्रकाशित

काठमाण्डु,२५ कातिक– आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुन प्रतितोला एक हजार ३०० रूपैयाँले बढेको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रूपैयाँ कारोबार भएको छ । हिजो बिहिबार छापावाला सुनको प्रतितोला ९५ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको मुल्य पनि प्रतितोला एक हजार ३०० रूपैयाँले बढेर प्रतितोला ९६ हजार रूपैयाँ कारोबार भएको छ । आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रति तोला रु १० ले बढेर रु एक हजार दुई सय ९५ पुगेको महासङ्घले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us