मोदीलाई ओबामाको निम्तो

काठमाण्डु टुडे २०७१ असार २७ गते १२:५१ मा प्रकाशित

नयाँ दिल्ली, २७ असार – अमेरिकी राष्ट्रपति बाराक ओमाबाले भारतीय प्रधानमन्त्री नरेद्र मोदीलाई अमेरिका भ्रमणको निम्तो दिएका छन् ।

narendra modiराष्ट्रपति ओबामाले सेप्टेम्बर महिनामा अमेरिका भ्रमणका लागि भारतीय प्रधानमन्त्री मोदीलाई औपचारिक आमन्त्रण गरेका छुन् ।

हाल भारत भ्रमणमा रहेका अमेरिकी उप विदेशमन्त्री विलियम बोर्नस्ले प्रधानमन्त्री मोदीलाई राष्ट्रपति ओबामाको तर्फबाट सो निमन्त्रणा गरेको बताइएको छ ।

प्रधानमन्त्री मोदीले यसअघि नै सेप्टेम्बर महिनामा अमेरिका भ्रमणको समयतालिका बनाइसकेका थिए । सो भ्रमणमा उनले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उप विदेशमन्त्री बोर्नस्ले बिहीबार भारतीय अर्थमन्त्री अरुण जेट्ली र विदेश मन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us