सुनचाँदीको मूल्यमा भारी वृद्धि

काठमाण्डु टुडे २०७९ कार्तिक २० गते ११:३८ मा प्रकाशित

 

काठमाण्डु, २० कातिक- आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य एकैदिन १४ सय रूपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले बतायको छ। महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ बढेको जानकारी दिएको हो । यससँगै, छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रूपैयाँ र तेजाबी सुनको मूल्य तोलामा ९४ हजार रूपैयाँ कायम रहेको जानकारी दिएको छ ।

यस्तै चाँदीको मूल्यमा समेत भारी वृद्धि भयको छ।। महासंघले आज एकैदिन चाँदीको मूल्य तोलामा ५० रूपैयाँ बढेको जानकारी दिएको छ ।

चाँदीको मूल्य तोलामा १२ सय ७५ रूपैयाँ कायम भएको छ ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९३ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा ९२ हजार ६०० रूपैयाँ कायम थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us