
काठमाण्डु, १५ असोज–काठमाण्डुको बांगेमुढामा मेयर बालेन साहविरुद्ध स्थानीयले प्रदर्शन गरेका छन् । काठमाण्डु महानगरपालिकाले२५ नम्बर वडास्थित बांगेमुढामा रहेको त्वा: छें अर्थात सामुदायिक भवन भत्काएको विरोधमा बालेनको पुत्ला दहनसहित प्रदर्शन गरेकाहुन् । मंका खल, आदिवासी जनजाति महासंघलगायत नेवा: समुदाय सम्वद्ध विभिन्न संघ संस्थाले प्रदर्शनको नेतृत्व गरेका छन् ।उनीहरूले बांगेमुढा, नरदेवी, क्षेत्रपाटी, थहितिलगायत क्षेत्र घुमेर मसाल जुलुससमेत निकाले । भवन भत्काउने क्रममा नगर प्रहरीलेस्थानीयमाथि बल प्रयोग गरेको थियो । नेवा: देय् दबूले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । प्रदर्शनकारीले आन्दोलन जारीरहने चेतावनी दिएका छन् । रिस्टोर त्वा:छें अभियान समेत सञ्चालन भएको छ ।
दशैं बिदाभर सबैले त्वा:छेंको तस्बिर सामाजिक सञ्जालमा राखेर पुनर्स्थापनाको माग गर्ने प्रदर्शनकारीले बताए ।
दसैं बिदाको एक दिनअघि २४ घण्टे अल्टिमेटम दिएर भवन भत्काउन डोजरसहित आएर श्वेत आतंक मचाउनु भर्त्सना योग्य रहेको दबुलेजारी गरेको विज्ञप्तिमा उल्लेख छ । सयौं वर्ष अघिदेखि समुदायले उपभोग गरी आएको जग्गामा टोल समाजको सामूहिक पहल रलगानीमा झण्डै ५० वर्ष अगाडि सामुदायिक भवन निर्माण भएको थियो ।
‘सामुदायिक भवन निर्माण पश्चात सो भवनको रेखदेखका लागि त्वाःछें परिवार गठन भई संरक्षणको काम भइआएको हो र सो भवनबाटहुने स्थानीय सांस्कृतिक, सामाजिक तथा निर्माण कार्यमा खर्च गरी वार्षिक रुपमा लेखापरिक्षण गराइ सार्वजनिक गर्ने काम भइ आएकोहो विज्ञप्तिमा भनिएको छ ।
यसअघि सोही भवनमा महानगरले वडा कार्यालय समेत राखेको थियो।