तत्काल मतपेटिका नकिन्न निर्वाचन आयोगलाई आदेश

काठमाण्डु टुडे २०७९ भदौ १६ गते ७:२५ मा प्रकाशित

काठमाण्डु, १६ भदौ– उच्च अदालत पाटनले मतपेटिका खरिदसम्बन्धी कामलाई यथास्थितिमा राख्न बुधबार निर्वाचन आयोगका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश महेन्द्रनाथ उपाध्यायको इजलासले निर्वाचन आयोग र रिट निवेदक दुवै पक्षलाई छलफलमा बोलाउँदै तत्काल मतपेटिका खरिदको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

‘अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा निर्णयमा पुग्न उपयुक्त हुने देखिंदा अन्तरिम आदेश छलफलका लागि २०७९ भदौ १९ को पेसी तोकी पक्षहरुलाई जानकारी दिनुहोला’, आदेशमा भनिएको छ । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us