काठमाण्डु, २९ साउन– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपतिविद्यादेवी भण्डारीले नागरिकता संशोधन विधेयक फिर्ता गराकामा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाबाट पारित भएर प्रमाणीकरणका लागि गएको विधेयक राष्ट्रपतिले आइतबार फिर्ता गरेकी थिइन् । अध्यक्ष यादवले नागरिकता अभावमा वर्षौंदेखि अनागरिकको जीवन बिताइरहेकाहरुलाई विधेयक फिर्ता गरेर थप पीडा दिने काम भएको उनको भनाइ थियो । विधेयक फिर्ता गरेर राष्ट्रपतिले असंवैधानिक काम गरेको उनले बताए । ‘राष्ट्रपतिको यो कदम नागरिकलाई राज्यविहीन बनाउने षड्यन्त्र हो’ यादवले भने ।
राष्ट्रपति अभिभावकीय दायित्वबाट च्युत भएको आरोप यादवले लगाए ।
संघीय संसदबाट साउन १५ मा पारित भएर विधेयक प्रमाणीकरणका निम्ति राष्ट्रपति कार्यालय पुगेको १५ दिनभित्र प्रमाणीकरणगर्नुपर्नेमा राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्नुपर्ने भन्दै आइतबार फिर्ता पठाएकी हुन् ।