खरायोले सिंहलाई जित्ने बुद्धि उपयोग गर्न बाबुरामको सल्लाह

काठमाण्डु टुडे २०७० असोज ४ गते १७:३१ मा प्रकाशित

baburam_250काठमाण्डु–एकीकृत माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले बललाई भन्दा बुद्धिलाई प्राथमिकता दिएका छन । प्रगतिशिल राष्ट्रवादका वारेमा व्याख्या गर्दै आएका भट्टराईले राष्ट्रियतालाई सुदृढ गर्न पहिला आफू बलियो हुनु पर्ने तर्क पेश गरेका छन । 
‘हामीले जोड दिन खोजेको प्रगतिशिल राष्ट्रवादको मूल मर्म भनेको पहिले देशलाई एकताबद्ध र सबल बनाएर मात्र बाह्य उत्पीडनकारी शक्तिसँग लडियो भने राष्ट्रियताको लडाई जितिन्छ भन्ने हो’भट्टराईले आफनो फेसबुक स्टाटसमा त्यसलाई थप प्रष्टयाउदै लेखेका छन ‘तत्काल बलले जित्न सकिन्न भने बुद्धिले लडौ भन्ने हो । तत्काल जित्न नसक्ने लडाई पर सारौ भन्ने हो । आत्मसमर्पण गरौ भन्ने किमार्थ होइन र हुनै सक्दैन ।’
प्रगतिशिल राष्ट्रवादलाई थप प्रष्टयाउदै भट्टराईले लेखेका छन ‘नीति कथाको खरायोले आफू भन्दा बलियोसिंहसँग सिधै नलडेर कसरी सिंहलाई इनारमा खसालेर मारेको थियो,त्यसैबाट सिकौ भन्ने हो । कल्पना गर्नोस त खरायोले बुद्धिको सट्टा बलले लडन खोजेको भए परिणाम के हुन्थ्यो ?’
जर्मन राजदुत फ्रयान्क माइकेले बन्द हडताल गर्नेलाई भोट नदिन गरिएको आब्हान र भारतीय प्रहरीले बर्दियामा छापा मारेको वारेमा भट्टराईले कडा टिप्पणी गरेपछि त्यसमाथि आएका प्रतिक्रियाको पनि जवाफ दिएका छन । ‘मातृभूमिको माया नभएको मान्छे मरेतुल्य हुन्छ । नेपाली राष्ट्रियताको दयनीय अवस्था बारे आम देशवासीहरु र खासगरी युवा पङितले व्यक्त गरेको सरोकारले मलाई निकै उत्साहित र गम्भीर बनाएको छ र त्यसका लागि उहाँहरु प्रति आभारी छु’ उनले लेखेका छन ‘यस्तै सचेतना कायम रहयो भने नेपाली राष्ट्रिय स्वाधिनता र सार्वभौमसत्ता माथि मडारिने सबै संकटका बादलहरु चिर्न हामी सफल हुनेछौ ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us