
काठमाण्डु, ४ फागुन– राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ बिक्री खुल्ला गरेको छ । उक्त लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता आईपीओको ल्याएको छ ।
सेयर फागुन ४ देखि ८ गतेसम्म थोरैमा १० कित्तादेखि धेरैमा एक हजार कित्ताका लागि आवेदन दिन सकिने छ । कम्पनीले ल्याएको आईपीओ मध्ये ४२ हजार ५ सय कित्ता सामुहिक लगानी कोषका लागि, १३ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ६ लाख ९४ हजार ५ सय कित्ता सेयर सर्वसाधारणले पाउने छन् ।