बुधबार ओरोलो लाग्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ फागुन ४ गते ११:५३ मा प्रकाशित

काठमाण्डु, ४ फागुन– आज(बुधबार) सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको छ । मंगलबार एकै दिन तोलामा १२ सय रुपैयाँले बढेको मुल्य बुधबार भने ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज(बुधबार) छापावाल सुनको मुल्य तोलामा ९५ हजार एक सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँमा झरेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले ओरोलो लागेको छ । आज चाँदीको मूल्य तोलामा १२ सय ८५ रुपैयाँ तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us