
काठमाण्डु, ३ फागुन– एकै दिन सुनको मुल्य अधिकतम १२ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाला सुनको मुल्य तोलामा १२ रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ ।
साथै आज (मंगलबार) तेजाबी सुनको मुल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९६ हजार २०० रुपैयाँ पुगेको महासघंले जनाएको छ । यता चाँदीको मुल्य तोलामा २० रुपैयाँले वृद्धि भएर मंगलबार एक हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।