फेरि उकालो लाग्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ माघ २६ गते ११:३४ मा प्रकाशित

काठमाण्डु, २६ माघ– बुधबार सुनचाँदीका मूल्यमा उकालो लागेको छ । मंगलबार तोलामा ५०० रुपैयाँले बढ्दै ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप ३०० रुपैयाँले बढ्दै ९३ हजार ४०० रुपैयाँ पुगेको हो ।

त्यसैगरी, चाँदीको मूल्य समेत आज तोलामा अधिकतम २० रुपैयाँले बढ्दै एक हजार २८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us