सयले बढ्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ माघ २४ गते ११:२० मा प्रकाशित

काठमाण्डु, २४ माघ– साताकाे दाेस्राे दिन साेमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाकाे ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।तेजावी सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोलामा पाँच रुपैयाँले बढेको छ  । शुक्रबार एक हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी साेमबार प्रतितोलामा एक हजार २५५ रुपैयाँ निर्धारण भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us