बर्दिया, ८ असार – बर्दिया जिल्लाको सोरहवा गाविस रामनगर चोकमा गएराति एनेकपा माओवादी र एमालेबीच झडप भएको छ ।
एमालेले राति प्रचारप्रसार र पैसा वितरण गरी आचारसंहिता उल्लङ्घन गरेको एमाओवादीले आरोप लगाएको छ ।
सोही अनुसार बेलुवामा पनि एनेकपा माओवादी र एमालेबीच राति झडप भएको छ । झडपका क्रममा एमालेका कार्यकर्ता सोरहवा गाविस सेमरा निवासी नेत्रप्रसाद सापकोटा, धधवार–३ निवासी हरि ढकाल, मोतीपुर–६ निवासी रामजी अधिकारीलाई खुकुरी, चेकबुक र भे१ज १४७६ नंं को जिपसहित प्रहरीले राति पक्राउ गरेको छ ।
तीनै जनालाई गाडीसहित जिल्ला प्रहरी कार्यालयमा छानबिनका लागि ल्याइएको प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले बताए ।