बुधबार ३०० रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ माघ १९ गते ११:३४ मा प्रकाशित

काठमाण्डु, १९ माघ– साताको चौथो दिन बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको मूल्य तोक्तै सुको मुल्य उकालो लागेको जनाएको छ ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ छ । हिजो मंगलबार तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us