४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाण्डु टुडे २०७८ माघ १७ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, १७ माघ–  सुनको भाउ सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ पनि घटेको छ । आइतबार एक हजार २५० रुपैयाँमा  कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेको छ । सोमबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँमा भएको छ । ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us