मनकामना केबलकार चार दिन बन्द, अष्ट्रियाबाट मर्मतका लागि प्राविधिक आउने

काठमाण्डु टुडे २०७८ पुष १ गते १३:२६ मा प्रकाशित

काठमाण्डु, १ पुष– मनकामना केबलकार मर्मतःसम्भार गर्न लागि चार दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले आइतबारदेखि चार दिनलाई केबलकार सेवा बन्द गर्न लागेको हो । यो अवधिमा रेष्टुरेन्ट र बटम स्टेसनको सेवा भने जारी रहनेछ ।

कम्पनीका प्रबन्ध निर्देशक राजुबाबु श्रेष्ठले आइतबारदेखि बुधबारसम्म सेवा बन्द रहने साथै अष्ट्रियाबाट मर्मतःसम्भारका लागि प्राविधिक आउने समेत बताए । उनले केबलकार मर्मत गर्ने समय दुई दिन भएपनि मर्मतपछि परिक्षण गर्न थप दुई दिन केबलकार सेवा बन्द रहने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us