
काठमाण्डु, २८ मंसिर– नेपाली कांग्रेसको सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानमा कूल ४ हजार ५ सय ६२ मत खसेको छ ।
काँग्रेसको १४औं महाधिवेशनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि चुनिएकामा दुई सय कम मत खसेको हो । सोमबार पहिलो चरणमा भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले जित्नका लागि आवश्यक ५१ प्रतिशत मत नल्याएपछि दोश्रो मंगलबार अपराह्न ३ बजेदेखि राति ९ बजेसम्म दोश्रो चरणको मतदान भएको हो ।
पहिलो चरणमा सबैभन्दा धेरै मत पाउने वर्तमान सभापति शेरबहादुर देउवा र दोश्रो बढी मत पाउने डा. शेखर कोइराला चुनावी प्रतिस्धर्पामा छन् । पहिलो चरणमा सभापतिका प्रत्यासी रहेका प्रकाशमान सिंह श्रेष्ठ, विमलेन्द्र निधि र कल्याण गुरुङले दोश्रो चरणमासघाउने प्रतिबद्धता गरेकाले देउवाको जित करिब निश्चितजस्तै छ ।
पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ र कोइरालाले एक हजार ७ सय २ मत प्राप्त गरेका थिए ।