एमालेले बोलायो संसदीय दलको बैठक

काठमाण्डु टुडे २०७८ मंसिर २८ गते १०:४७ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर–  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएको छ । दलको बैठक मंगलबार ११ बजे बोलाएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।

संसद बैठक अघि एमाले संसदीय दलको बैठक बस्न लागेको हो । यसअघि लगातार संसद बैठक अवरुद्ध गर्दै आएको एमालेले यो पटक पनि सहजै बैठक सञ्चालन हुन नदिने संकेत गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us