
काठमाण्डु, २६ मंसिर– देशभर पछिल्लो २४ घण्टामा २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ६८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४२ तथा एन्टिजेन विधिबाट १२ जनाको सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोहि अवधिमा २३४ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ६ हजार ७७८ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ८९० जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै, थप १ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् । योसँगै कोभिड–१९ बाट ज्यान गुमाउनेको कूल सङ्ख्या ११ हजार ५५४ पुगेको छ । थप ६९ हजार ५८० जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।