मन्त्रिपरिषद् विस्तार गर्दै बागमतीका मुख्यमन्त्री, भागबण्डा मिलाउन ८ मन्त्रालयबाट १४

काठमाण्डु टुडे २०७८ मंसिर १९ गते १३:३४ मा प्रकाशित

काठमाण्डु, १९ मंसिर– मन्त्रालय फुटाएर बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी अघि बढाएका छन्। सत्ता गठबन्धनमा भागबण्डा मिलाउन नसक्दा मन्त्रिपरिषद् विस्तार गर्न नसकेका उनले मन्त्रालय टुक्र्याएर त्यसलाई पूर्णता दिने गृहकार्य गरेका छन्।

गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार, बागमती प्रदेश (कार्य विभाजन) नियमावली २०७४ पारित गरिसकेको छ। उक्त नियमवाली राजपत्रमा पनि प्रकाशित भइसकेको छ। मन्त्रिपरिषद्ले नियमावली, २०७४ को नियम ७ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकारले नियमावलीको अनुसूची १ र अनुसूची २ हेरफेर गरेको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us