मोरङ, १९ मंसिर– नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो (शनिबार) भएको मतदानमा मतगणना प्रदेश १ मा अहिलेसम्म पनि सुरु भएको छैन ।
काँग्रेस पार्टी कार्यालय मोरङमा बिहान ८ बजेदेखि गर्ने भनिए पनि अझै सुरु हुन सकेको छैन । उमेदवार तथा पार्टीका नेताहरु मतगणना स्थलमा आइ नपुगकाले मतगण्ना तोकिएकै समयमा गर्न नसकिएको निर्वाचन समितिका प्रमुख भरत थापाले बताए । नेताहरु आएपछि सुरु गर्ने उनले बताए ।