
काठमाण्डु, १५ मंसिर– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताएका छन् ।
भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले भने– ‘तपाईंको र हाम्रो राजनीतिक सिद्धान्त मिल्दैन । तर, देश र जनताको पक्षमा भने समान छ’, प्रचण्डले भने, ‘त्यही भएर तपाईंको र हाम्रो गोत्र मिल्छ भनेको हुँ ।’
उनले भने, ‘हिजो उहाँ (सिपी) राजतन्त्रविरुद्ध लाग्नुभयो, माओवादी नेताको टाउको काट्नुपर्छ भन्नुभयो । अहिले त राजाको तारिफ गर्नुभयो । उहाँ त राप्रपाको अध्यक्षमा उठ्दै हुनुहुन्छ कि जस्तो लाग्यो ।’