ओलीको चुनौतीः तपाई पनि झापा आएर गर्नुस्, मेरै निर्वाचन क्षेत्र दमकमा आएर गर्नुस् न

काठमाण्डु टुडे २०७८ मंसिर ७ गते १५:२२ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनको गृहजिल्ला झापामा आएर महाधिवेशन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।

मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले कोही चुनाव लडेको छ भन्दैमा जिल्ला नै उसको नहुने बताएका हुन् ।

उनले भने, ‘हामी हाम्रो पार्टीको महाधिवेशन गर्दैछौं । तपाई पनि झापा आएर गर्नुस्, मेरै निर्वाचन क्षेत्र दमकमा आएर गर्नुस् न ।’
एमालेले दशौं महाधिवेशन चितवनमा गर्दैछ र प्रचण्डले आफूलाई सिध्याउन एमालेले महाधिवेशन स्थल चितवन रोजेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us