
काठमाण्डु, ६ मंसिर– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आज सभामुखसहित प्रमुख राजनीतिक दलसँग भेटघाट गर्ने भएको छ ।
सोमबार (आज) दिउँसो २ बजे बारको टोलीले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख दलको नेताहरुलाई भेट्न लागेको हो ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘हामी २ बजेबाट सभामुखसहित प्रमुख राजनीतिक दलका संसदीय दलका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । ’