काठमाण्डुबाट पाँच लाखसहित १६ जुवाडे पक्राउ

काठमाण्डु टुडे २०७८ कार्तिक २७ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, २७ कात्तिक– बुढानिलकण्ठ नगरपालिका– ११ पौटार गैरीगाउँबाट १६ जना जुवाडै पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले शुक्रबार मध्यराति प्रहरीले ५ लाख ११ हजार ५०० सहित उनीहरूलाई पक्राउ गरेको हो। तरकारी खेतीका लागि टहरा बनाएको ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी पुगेको थियो।

पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका– ४ का कमल परियार, श्रीराम श्रेष्ठ, रोशन पौडेल, नवराज श्रेष्ठ, बुढानिलकण्ठ नगरपालिका– ११ का गणेश उप्रेती, कुमार केसी, मिलन तामाङ, दिनेश पौडेल, सन्जिव खड्का, दामोदर पौडेल, मुकुन्द खड्का, राजु गिरी, विवेक कार्की, प्रल्हाद खड्का र कालीचरण चौधरी रहेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us