चितुवाको छालासहित बाँकेमा तीन जना पक्राउ

काठमाण्डु टुडे २०७८ कार्तिक १३ गते १४:१७ मा प्रकाशित

बाँके, १३ कात्तिक– बाँकेमा चितुवाको छालासहित ३ जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका–११ स्थित सागर गेष्ट हाउसबाट चितुवाको छालासहित तीनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाँकेको राप्ती रोनारी गाउँपालिका–९ ढकेरी बस्ने ३५ बर्षीय हिराबहादुर बिक, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ का २४ वर्षीय रमेश वयक र सोही स्थानका २८ वर्षीय बसन्त जिसी रहेको साथै उनीहरुको साथबाट एकथान चितुवाको छाला र १ किलो ४० ग्राम हड्डी समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us