वैद्यको स्वास्थ्यबारे गृहमन्त्रीकाे चासाे

काठमाण्डु टुडे २०७८ कार्तिक २ गते ११:०९ मा प्रकाशित

काठमाण्डु, २ कार्तिक– गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।आज (मंगलबार) बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेर मन्त्री खाँणले वैद्यको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् ।

सो क्रममा मन्त्री खाँणले सरकारको तर्फबाट नेता वैद्यको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै अस्पताल प्रशासन र उनको उपचारमा संलग्न चिकित्सकलाई उपचारमा कुनै कमी नगर्नसमेत आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us